Logo

समातिएका विद्यार्थीको रिहाइ माग गर्दै सरकारी गाडीमा आगजनी

मोरङ– रगेंली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै विद्यार्थीहरूले गाडीमा आगजनी र तोडफेड गरेका छन् । विद्यार्थीहरुको रिहाइ माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका हुन् ।

महेन्द्र मोरङ क्याम्पस अगाडि विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले आइतबार बिहान प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडी जलाएका हुन् । विद्यार्थीको समूहले नेपाल विद्युत प्राधिकरणका पाँच वटा गाडी पनि तोडफोड पनि गरेका छन् ।

निजी विद्यालयहरूले आफूखुसी कानून विपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भन्दै जेष्ठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाउन विद्यार्थीहरू नगरपालिका पुगेका थिए । सो क्रममा उनीहरूले नगरपालिकाका कार्यवाहक प्रमुख एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुव्र्यवहार गरेका थिए ।

विद्यार्थीहरूले दुर्व्यवहार गरेपछि नगर प्रहरीहरूसँग भएको झडपमा केहि नगरप्रहरी समेत घाइते भएका छन् । सो घटनामा संलग्न रहेको आरोपमा
घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्ने विद्यार्थीहरूमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र छन् ।

 

प्रतिक्रिया दिनुहोस्