Logo

झोलुंगे पुलमा फसेका खच्चडको उद्धार, दुईवटा बचेनन्

अछाम– कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ वटा खच्चड जीवितै उद्धार भएका छन् । पुलमा फसेका दुईवटा खच्चड भने जीवितै उद्धार हुन सकेनन् ।

आठ वटालाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको हो। नदीमा खसालेर डुंगामार्फत् खच्चडलाई तारेर नदी किनार लगिएको थियो। पुलको छेउ भागमा फसेका तीन वटालाई डोरीले बाँधेर उद्धार गरिएको छ । जीवित उद्धार गर्न नसकेका दुईवटा खच्चडमध्ये एउटा खच्चड पुलमा नै मरेको र एउटा पुलको तार खसालेर नदीमा झार्ने क्रममा मरेको स्थानीयले जनाएका छन् ।

कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा चामल ढुवानीका लागि दैलेख लैँजादै गरेका १३ वटा खच्चड फसेका थिए। अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने पुलको लठ्ठा चुडिँदा आइतबार बिहान खच्चड फसेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्