Logo

श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ

काठमाडौं– दाङमा श्रीमतीको हत्याको आरोपमा एक जना युवक पक्राउ परेका छन् । गढवा गाउँपालिका–२, पचहिया निवासी २६ वर्षीय रन्जित चौधरी २१ वर्षीया श्रीमती कमला चौधरीको हत्या आरोपमा पक्राउ परेका हुन् ।

रन्जितले बिहीबार राति कमलालाई तरकारी पकाउने कराही प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते कमलाको क्रिमसन हस्पिटल बुटवलमा उपचारका क्रममा आइतबार मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्