Logo

साउनमा सञ्चालन हुन लागेकाे पशुपति कोटिहोम महायज्ञमा भारतबाट शंकराचार्य आउने

काठमाडौं– आगामी साउन महिनाभर पशुपति क्षेत्रमा सञ्चालन हुने ऐतिहासिक श्री पशुपति कोटीहोम महायज्ञ एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा भारतबाट ज्योतिष पीठाधिश्वर अनन्त श्री विभूषित शंकराचार्य स्वामी अविमुक्तेस्वरानन्द जी महाराजको उपस्थित हुने भएको छ ।

नेपालकै इतिहासमा हालसम्मकै ठूलो कोटिहोम महायज्ञको रुपमा हेरिएको उक्त महायज्ञमा भारतबाट शंकराचार्य स्वामी आउने निश्चित भइसकेको आयोजक संस्था मानव सेवा फाउण्डेसनका व्यबस्थापक विजय केसीले जानकारी दिए ।

कोटिहोम महायज्ञको चर्चा अहिले देश तथा विदेशमा भइरहेको छ । कोटिहोम महायज्ञको उद्देश्य ललितपुरको बाँडेगाँमा रहेको मामाघर आश्रम र भक्तपुरको ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण आदि सहयोगार्थ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्