Logo

काल्पनीक दुर्घटना गरेर विमान दुर्घटनासम्बन्धी अभ्यास

काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटनासम्बन्धी अभ्यास गरिएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्दारसंग सम्बन्ध विभिन्न निकायहरुको सहभागीतामा विमानस्थल संकटकालिन योजना अनुसार गरिने बिभिन्न अभ्यासमध्ये सोमबार अलर्ट ९.३.१ अर्थात बिमानस्थल क्षेत्रमा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो । सो क्रममा एउटा खप्तड एयरलाईन्सको एउटा काल्पनीक बिमान दुर्घटना भएको थियो ।

त्यस लगतै विमानस्थलमा रहेका बारुणयन्त्रहरुले विमानमा लागेको आगो नियन्त्रणमा लिदै सुरक्षाकर्मीहरुले घाइतेहरुको उद्दार गरेका थिए । सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरुबीचको आपसी समन्वय, भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटो भन्दा छिटो सुचारु गराउने उदेश्यका साथ अभ्यास गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता एवं अप्रेशन बिभागका निर्देशक सुवाश झाले जानकारी दिए ।

विमानस्थल सङ्कटकालीन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड तथा यस विमानस्थलको एयरपोर्ट इमर्जेन्सी प्लानअनुसार गरिने योजनाबद्ध अभ्यास भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्