Logo

प्रतिशको आमाको प्रश्नः स्पिनर बलरको सब्सिच्युट लेफ्ट आम मिडियम फास्ट बलर कसरी ?

काठमाडौं– क्रिकेटर प्रतिश जिसीको आमा प्रतिभा जिसीले स्पिनर बलरको सब्सिच्युट लेफ्ट आम मिडियम फास्ट बलर कसरी हुन्छ भन्दै प्रश्न गरेकी छिन् । जारी आइसिसी टि–२० विश्वकपमा सहभागिता जनाउन क्रिेकेटर सन्दीप लामिछाने वेस्ट इन्डिजमा पुगेपछि प्रतिश जिसीलाई १५ सदस्यीय टोलीबाट हटाएर वैकल्पिक खेलाडीको रुपमा राखिएको छ । उनले सो विषयमा सामाजिक सञ्जाल फेसबुकमार्फत स्पिनर बलरको सब्सिच्युट लेफ्ट आम मिडियम फास्ट बलर कसरी हुन्छ भन्दै प्रश्न गरेकी छिन् ।

उनले प्रतिशलाई बैकल्पिक खेलाडीमा राखिएको समाचार आफुले ढिलो थाहा पाएको बताएकी छिन् । समाचार सुन्दा मन भारी भएको उनले बताएकी छिन् ।

तर, कुन खेलाडीले खेल्यो भन्ने भन्दा पनि देशले जित्नुपर्ने कुरा महत्वपूर्ण रहेको उनले बताएकी छिन् । उनी लेख्छिन्, ‘यहाँ मेरो छोरो तेरो छोरो भन्दा पनि सबै खेलाडी हरु हाम्रै छोरा हुन्, यहाँ छोरोले भन्दा पनि देशले जित्नुपर्नेछ। जुन खेलाडी टिममा भएपनि नेपालको लागि राम्रो खेल्ने खेलाडी टिममा हुनुपर्छ। हामी देशले जितेको हेर्न चाहन्छौँ।’

सन्दिप नेपाली टोलीमा पुनरागमन हुँदा आफू खुसी रहेको समेत बताउँदै उनले शुभकामना दिएकी छिन् । उनले लेखेकी छिन्, ‘नेपाल किक्रिट टिम एउटा परिवार हो यहाँ दाइ र भाइ जो खेले पनि देशकै लागि खेल्ने हो।’

प्रतिक्रिया दिनुहोस्