Logo

हत्यामा संलग्न आरोपीसँग लगातार सम्पर्कमा रहेको आरोपमा दक्षिण भारतीय अभिनेता दर्शन पक्राउ

काठमाडौं– दक्षिण भारतीय अभिनेता दर्शन हत्याको मुद्दामा पक्राउ परेका छन् । मैसुरको फार्म हाउसबाट उनलाई मैसुर प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रेणुकास्वामीको हत्यामा संलग्न रहेको आरोपमा उनीविरूद्ध ९ जुनमा मुद्दा दर्ता भएको थियो । आरोपीसँग लगातार सम्पर्कमा रहेको आरोप उनीमाथि छ ।

रेणुकास्वामी एक मेडिकल पसलमा काम गर्थे। पुलिसका अनुसार उनलाई चित्रदुर्गाबाट अपहरण गरिएको थियो। उनको टाउकोमा चोट पनि लागेको छ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार रेणकास्वामीको शव ९ जुनमा कामाक्षीपाल्याको एक नालीमा फेला परेको थियो। जसअनुसार उनको हत्या ८ जुनमा भएको अनुमान गरिएको छ।

प्रहरीले हत्यामा अभिनेता दर्शनको प्रत्यक्ष संलग्नता थियो वा षड्यन्त्रमा फसेका हुन् भन्नेबारे अनुसन्धान गरिरहेका छन्। पक्राउ गरेपछि उनलाई बेंगलुरूमा लैजाने तयारी भइरहेको मैसुर प्रहरीले जनाएको छ।

दर्शनले वे देवरा मागा, वल्लारासु, मेजिस्टिक, ध्रुव, करिया, लाली हाडु, धर्मा, दर्शन, मोनालिसा, भगवान, शास्त्री र भूपथिजस्ता दक्षिण भारतीय फिल्ममा काम गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्