Logo

अष्ट्रेलियाबाट गायिका एलिना चौहानले रुदैँ पोष्ट गरिन् भिडियो, यस्तो छ वास्तविकता

काठमाडौं– केहिसमयअघि मात्र वैवाहिक सम्बन्धमा बाँधिएको चर्चित गायिका एलिना चौहानको सामाजिक सञ्जालमा गरेको पोष्टले यतिबेला चर्चा बटुलिरहेको छ । उनले इन्स्टाग्राममा मंगलबार दिउँसो रुँदै गरेको एक भिडियो इन्स्टाग्राममा पोस्ट गरिन् ।

उनले एक हिन्दी गीतमा भिडियो बनाएकी छन् । गीतको बोल छ– ‘थारा पैसा, थारी दौलत, थारी गाडी, थारी नाम, थारा बंगला, थारा काम, तुम्ही रखो रे ।’ भिडियोमा उनको अनुहारमा नीलडामसमेत देखिन्छन् ।

एलिनाले उक्त भिडियोको क्याप्सनमा लेखेकी छिन्– याद राख्नुहोस् एक वास्तविक पुरुषले तपाईसँग रिसाएको बेलामा पनि तपाईको सम्मान गर्नेछ

वैशाखमा मात्र विवाह गरेकी एलिनाको रोएको यो भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि उनका फ्यान चिन्तित बनेका छन् । कतिपयले श्रीमान श्रीमतिबिच खटपट भएको अड्कल काटेका छन् । कतिपयले एलिनाले अभिनय गरेको हुनसक्ने भन्दै टिप्पणी गरेका छन् । धेरै जनाले के भयो भने प्रश्न सोधिरहेका छन् ।

यी सबै जिज्ञासाको जवाफ दिंदै एलिनाले सो भिडियो अभिनय मात्र रहेको बताएकी छिन्। उनले लेखेकी छिन्, ‘यो भिडियो अभिनयमात्र हो है, गीत मन परेर । नराम्रो नसोच्नु होला कसैले ।’

वैशाखमा प्रेमी विष्णु सापकोटोसँग विवाह गरेकी एलिना श्रीमानसँगै अहिले अष्ट्रेलियामा छिन् । उनी सधैंका लागि त्यता बस्न लागेको अनुमान पनि छ । यसै महिना उनले अस्ट्रेलियाको एक रेकर्डिङ स्टुडियोमा तीन गीत रेकर्ड गरेको समेत जानकारी दिएको थिइन् । अस्ट्रेलिया जानुअघि उनले आवश्यक परे, सांगीतिक कार्यक्रमका लागि आफू नेपाल आउने बताएकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्