Logo

जलन पीडितप्रति सरकारले अमानवीयता देखायोः रास्वपा सांसद कंसाकार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्ध्यवासिनी कंसाकारले जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवीयता देखाएको बताएकी छन् ।
प्रतिनिधि सभा बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै बुधबार उनले जलन पीडितलाई सरकारले वेवास्ता गरेको बताएन् ।

सरकारले बजेटमा जलनमा परेका हजारौँ नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट समेत गरिन् । उनले जलनबाट घाइते हुनेहरुमा महिला बालबाकालिका तथा ज्येष्ठ नागरिकको सख्या धेरै हुँदा पनि मन्त्रालयले प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

उनले भनिन्, ‘जलन मानवको सृष्टिसँगै सुरु भएको परम्परागत दुर्घटना भएको भन्दै केही अपराधमार्फत हुने भएपनि अधिकांश जलन दुर्घटनाबाट हुने गरेको छ ।’ आफैँले जलनको पीडा भोगेकाले त्यसको पीडा शब्दमा वर्णन गर्न नसक्ने उनले बताइन् ।

सांसद कंसाकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा सयौँ पटक जलनको उपचार गर्ने जलन अस्पताल खोल्छु भने पनि बजेटको प्राथमिकतामा नपर्दा नेपालका सबै जलन पीडितलाई दुःखी तुल्याएको गुनासो गरिन् । उनले सरकारका अस्पतालहरूमा जलन कक्ष भए पनि प्रर्याप्त नभएको बताइन् । जलनको उपचार धेरै महँगो भएकाले जलन दुर्घटनामा धेरै भुईमान्छेहरुले मृन्युवरण गर्नुपरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्