Logo

अमेरिका लैजान छोरा आउँदा आमाको कंकालमात्र बाँकी रहेको त्यो दर्दनाक घटना

काठमाडौं– हामी आफ्नो दैनिक जिवनमा यति व्यस्त छौँ कि घरका वृद्धावस्थामा रहेका बुबाआमाको ध्यान दिन समय निकाल्न सकिरहेका हुदैनौँ । नेपालको सन्दर्भमा उज्जल भविष्यको खोजीमा अधिकांश युवाहरु शहर हुँदै संसारका कुना कुनामा पुगेका छन् । फलस्वरुप गाउँघरमा वृद्ध बुबाआमा एक्लो भएका छन् ।

यस्तै व्यस्त जीवनमा रहिँरहदा भारतका एक युवकले दुखान्त वियोग सहनुपरेको थियो । कुरा सन् २०१७ को हो ।

भारतका लोखंडवालाका ऋतुराज साहनी आफ्नो परिवारसँग अमेरिका नै बस्थे । ऋतुराजको बुबा केदार साहनी सन् २०१३ मा नै बितेका थिए । त्यसैले उनकी आमा आशा साहनी करिब ७ करोड पर्ने लोखंडवालामा फ्लाटमा एक्लै बस्थिन् ।

ऋतुराजको आमासँग खासै कुराकानी हुँदैनथ्यो । उनी लामोसमय पछि आमालाई भेट्न इन्डिया फर्किए । घर पुग्दा फ्ल्याटको ढोका भित्रबाट ताला लगाइएको थियो । ढोका तोडेर ऋतुराज भित्र पसे । घर भित्र पस्द उनले जुन दृश्य देखे त्यो उनको लागि एकदमै दर्दनाक थियो । किनभने त्यहाँ उनको आमा नभएर कंकाल थियो ।

ऋतुराज साहनीले आमासँग अन्तिमपटक करिब एक वर्षअघि कुरा गरेका थिए । त्यसबेला आमाले म एक्लै बस्दिन कि अमेरिकासँगै लैजाउ की वृद्धाश्रममा राखिदेउ भनेकी थिइन् । तर व्यवस्तताको कारण आमालाई उनले कतै लग्न भ्याएका थिएनन् । एक वर्षपछि आमालाई आफुसँग अमेरिका लैजान घर पुग्दा आमाको कंकाल मात्र बाँकी थियो ।

भारतको सञ्चारमाध्यम दैनिक भास्करका अनुसार भोक र कमजोरीका कारण आशाको मृत्यु भएको हो ।

फ्ल्याटमा आमाको कंकाल देखेपछि ऋतुराजले नै प्रहरीलाई खबर गरेका थिए । कंकालको पहिचान गरेपछि प्रहरीले पोष्टमार्टमका लागि गोरेगाउँको अस्पतालमा पठाएको थियो।
प्रहरीका अनुसार आशाले अन्तिम पटक २०१६ अप्रिलमा छोरालाई फोन गरेर अब एक्लै बस्न नचाहेको बृद्धाश्रम जाने बताएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्