Logo

मनाङको थोराङ्ला भञ्ज्याङमा अक्सिजनको अभावमा पर्यटकको मृत्यु

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर एक नेपाली पर्यटकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी हुन् । अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताएका छन् । पदयात्राका क्रममा थोराङ्ला भञ्ज्याङमा अधिकारीलाई लेक लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको छ । अधिकारीको शव हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्