Logo

इञ्जिनियर भट्टराईलाइ भ्रष्टाचारमुद्दा दायर

 

काठमाडौं – घुस बापतको पैसा जग्गा बेच्नेलाई बुझाउन लगाएर आमाको नाममा जग्गा किनेका इञ्जिनियर सरोज भट्टराईलाई विशेष अदालतले ६ वर्षको कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले कोषका योजना प्रमुख समेत रहेका इञ्जिनियर भट्टराईलाई ६ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतले उनीबाट ८० लाख बिगो असुल्नुपर्ने फैसला गर्दै त्यति नै रकम जरिवाना गर्नुपर्ने ठहर गरेका छन् ।

 

इञ्जिनियर भट्टराई लुम्बिनी विकास कोषमा कार्यरत हुन् । कोषसँग सम्बन्धित ठेक्काको काम पाएको ठेकेदारसँग घुस लिएको आरोपमा अख्तियारले २५ चैत, २०८० मा उनी विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो । अख्तियारको दावी अनुसार, उनले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डमा २ रोपनी ९ आना अनि २ आनाको अर्को गरी दुई टुक्रा जमिन किनेका हुन् । उजुरी परेपछि छानबिन हुँदै जाँदा उनलाई जग्गा बेच्ने जग्गाधनीको खातामा ठेकेदारले ८० लाख रुपैंया राखिदिएको खुल्यो । पैसा राखिदिने ठेकेदारले लुम्बिनी विकास कोषबाट विभिन्न निर्माणसम्बन्धी काम पाएका थिए । घुसबापतको रकम ठेकेदारबाट तिराएर जग्गा लिएको पुष्टि भएको भन्दै अख्तियारले इञ्जिनियर सरोज र उनकी आमा विरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले आमालाई समेत मतियारको रुपमा मुद्दा दायर गरेको हो । विशेष अदालतले विगो जफत हुने भन्दै इञ्जिनियर सरोज भट्टराईलाई मात्रै ६ वर्षको कैद सजाय तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्