Logo

इनार सफा गर्ने क्रममा खसेर एक जनाको मृत्यु

काठमाडौं– इनार सफा गर्ने क्रममा इनारमा खसेर एक जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका –१० बुद्धनगरस्थित भिष्म उप्रेतीको घरको पछाडि भागमा रहेको इनारमा डुबेर बिहिबार दिउँसो एक जनाको मृत्यु भएको हो । ललितपुर बागडोल बस्ने भोजपुर घर भएका ४० वर्षीय गोपाल महत इनार सफा गर्ने क्रममा इनारमा खसेका थिए ।

इनारमा खसेको खबर पाएपछि प्रहरी वृत्त बानेश्वर र विपद व्यवस्थापन महाशाखाबाट खटिएको टोलीले उनलाई उद्धार गरी अस्पतालमा पठाइएको थियो। राष्ट्रिय ट्रमा सेन्टरमा उनको उपचारको क्रममा मृत्यु भएको हो।

 

प्रतिक्रिया दिनुहोस्