Logo

महँगो खाजा अर्डर गरेपछि रविले गरे राज्य व्यवस्था समितिको बैठक बहिस्कार

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्य व्यवस्था समितिको बैठक बहिस्कार गरेका छन् । बैठकमा मंहगो मूल्यका खाजा अर्डर गरेको भन्दै उनले बैठक बहिस्कार गरेका हुन् । अनावश्यक तडकभडक गरिएको भन्दै उनी बैठकमा सहभागी नभई हिँडेको जानकारी प्राप्त भएको छ ।

गृहमन्त्री लामिछानेलाई आइतबार बिहान साढे ७ बजे समितिले छलफलका लागि बोलाएको थियो । निजामति सेवा विधयेकका विषयमा छलफल गर्ने योजनाका साथ गृहमन्त्री लामिछानेलाई समितिले डाकेको थियो । समयअनुसार उनी बैठकस्थलमा पुगेका थिए । तर बैठकमा मंहगो मूल्यका खाजा अर्डर गरिएको थाहा पाएपछि गृहमन्त्रीले बैठक बहिस्कार गरेका हुन् ।

राज्य व्यवस्था समितिको बैठकमा पहिलोपटक कुनै एनजीओले खाजाको प्रायोजन गरेको थियो । पहिले एनजीओबाट खाजा ल्याइएको नदेखिएको र खाजा प्रायोजन गर्ने प्रवित्ती ठीक नभएको भन्दै रविले बैठक बहिस्कार गरेको जनाइएको छ ।

खाजाको प्याकेटमा चना, फलफुल, जाम–पाउरोटी, अण्डा, आलु भुजुरी आदि थिए ।

प्रतिक्रिया दिनुहोस्