Logo

सुन पसलबाट ३ किलो सुन र ३५ केजी चाँदी लुटपाट

काठमाडौं– चितवनको एक सुन पसलमा लुटपाट भएको छ । कालिका नगरपालिका–६ को विनोद सुनचाँदी पसलबाट ३ किलो सुन र ३५ केजी चाँदी लुटपाट भएको हो ।

पसलमा लुटेराले छाडेको ७ सय ७६ ग्राम सुन भेटिएको प्रहरीले जनाएको छ । शनिवार साँझ दुई जना लुटेराले पसलका कर्मचारीलाई नियन्त्रणमा लिएर सुनचाँदी लुटेर भागेका हुन् । लुटमा संलग्न आशङ्कामा ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्