Logo

सिके राउतलाई परराष्ट्र मन्त्रालय लिन ओलीको प्रस्ताव, रविले गरे निम्तो

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिमण्डल पूनर्गठनको लागि तयारी गरिरहेका छन् । यसैबीच एमालेले जनमत पार्टीलाई परराष्ट्र मन्त्रालयको प्रस्ताव गरेको छ ।

एमाले अध्यक्ष केपि शर्मा ओलीले जनमतका अध्यक्ष सिके राउतलाई परराष्ट्र मन्त्रालयका प्रस्ताव नै पठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमार्फत सिके राउतलाई ओलीले मन्त्रालयको प्रस्ताव पठाएका छन् ।
स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले संसद्बाट बजेट पारित हुनेबित्तिकै मन्त्रिमण्डल हेरफेर गर्ने गृहकार्य गरेका छन् ।

उनले यसअघि फूलाई बलियो बनाउनको लागि सिके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई तत्कालै सरकारमा सहभागी गराउनेगरि छलफल गरेका थिए । यसैबिच ओलीले सिके राउतलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सरकारमा प्रवेश गर्न गृहमन्त्री लामिछानेमार्फत प्रस्ताव गरेका छन् । यस कुराको पुष्टी सिके राउत आफैँले गरेका छन् ।

हाल परराष्ट्र मन्त्रालयको जिम्मेवारी माओवादीका वरिष्ठ नेता नारायण काजी श्रेष्ठले सम्हालिरहेका छन् । श्रेष्ठको ठाउँमा राउतलाई ल्याउनको लागि ओलीले दबाब बढाएका छन् ।

उता राउत पनि मन्त्रालय पाए सरकारमा जान इच्छुक देखिएका छन् । सिके राउतले सुरु देखिनै कृषि वा उद्योग मन्त्रालयको माग गरेका थिए । राउत परराष्ट्र मन्त्रालयको सट्टा उद्योग वा कृषि मन्त्रालयमा चित्त बुझाउन राजी भएमा एमाले आफैँ परराष्ट्र मन्त्रालयमा प्रवेश गर्ने बुझिएको छ ।

उता प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ती पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पर्यटन मन्त्रालय दिने वचन दिएको बताइएको छ । त्यसका लागि माओवादीबाट मन्त्री बनेका हितबहादुर तामाङलाई फिर्ता बोलाउने तयारी छ ।

प्रधानमन्त्री प्रचण्ड अर्थमन्त्री वर्षमान पुनबाहेक माओवादीबाट सरकारमा सहभागी सबैलाई फिर्ता बोलाउने तयारीमा छन् । सरकारमा सहभागी भएकाहरुलाई कामै गर्न नदिई फिर्ता बोलाउने परिपाटी राम्रो नभएको भन्दै माओबादी भित्र नै विरोध पनि सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्