Logo

गायिका अल्का याग्निकलाई श्रवणशक्तिको समस्या

काठमाडौं– भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या भएको छ । उनलाई दुर्लभ सेन्सरी न्युरल नर्भ श्रवणशक्तिको समस्या भएको हो । सो विषयमा उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै जानकारी दिएकी छन् ।
सोही समस्याका कारण केही समयदेखि आफु हराएको समेत उनले बताएकी छिन् । ‘यो एक्कासि ठूलो झट्काले मलाई स्तब्ध बनाएको छ र यसबाट मुक्ति पाउन अझै प्रयास गरिरहेको छु,’ उनले लेखेकी छन् ।

अल्काले इन्स्टाग्राममा पोस्ट सेयर गर्दै लेखेकी छन्, ‘मेरा सबै फ्यान, साथीभाइ, फलोअर्स र शुभचिन्तकहरू । केही साताअघि जब म फ्लाइटबाट बाहिर निस्कें, मलाई अचानक महसुस भयो म केही सुन्न सक्दिनँ । डाक्टरहरूले मलाई भाइरल आक्रमणका कारण दुर्लभ सेन्सरी नर्भ श्रवणशक्तिको क्षति भएको पत्ता लगाएका छन् । यो अचानक ठूलो झट्काले मलाई पूर्ण रूपमा चकित बनाएको छ । म यसबाट निको हुन खोज्दैछु । तपाईंहरु सबैको माया र साथले म मेरो जीवनलाई पुनस् व्यवस्थित गर्न र छिट्टै तपाईंकहाँ फर्किने विश्वास गर्दछु ।’

अल्काको पछिल्लो स्वास्थ्य अवस्था थाहा पाएपछि फ्यानहरु चिन्तित बनेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्यलाभको कामना गरेका छन् । अल्काले चर्को संगीत र हेडफोनको एक्सपोजरमा सावधान रहन समेत आग्रह गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्