Logo

‘सोचे झैं जिन्दगी रैनछ’ गीतकी गायिकाको सोचे जस्तो भएन दोस्रो बैबाहिक जीवन

काठमाडौं– ‘सोचे झैं जिन्दगी रैनछ’ बोलको गीतबाट चर्चा कमाएकी गायिका मधु क्षेत्रीको जीवनमा पनि गीतले भने झैँ सोचे जस्तो भएन । उनले करिब २ वर्ष अघि अष्ट्रेलिया बस्ने प्रेमी सुरेश खड्कासँग अदालती विवाह गरिन् । पहिलो बैबाहिक सम्बनध टुटेर छोरीसँग लामो समयदेखि एकल जीवन बाँच्दै आएकी मधुले सुरेशसँग विवाह गरेकी थिइन् ,
दोस्रो विवाहमा आफु निकै खुसी रहेको उनले अन्तर्वाताहरुमा सुनाउँइन् । मधुसँग दोस्रो विवाह गरेको सुरेशबाट भरपुर माया र साथ पाएको उनले बताउँदै आएकी थिइन् ।

विवाहपछि उनी पहिला श्रीमानतर्फको छोरी सहित उनी अष्ट्रेलिया गइन् । उनले अष्ट्रेलिया जानुअघि आफ्नो सांगितिक यात्रालाई बिट मार्न लागेको र अब अस्ट्रेलियामा नै सेटल हुने बताएकी थिइन् । अष्ट्रेलियामा मधुका श्रीमान सुरेश आफ्नो बुवाआमासँग बस्दै आएका छन् । मधुकी छोरीलाई पनि स्वीकारेर आफूसँगै राख्न उनी तयार भएका थिए ।

केहि समयअघि आफु दोस्रो पटक गर्भवती रहेको जानकारी दिँदै सामाजिक सञ्जालमा खुसी साँटेकी थिइन् । तर पहिलो विवाह टुटेर लामो समयदेखि एक्लै बस्दै आएकी मधुको दोस्रो विवाह पनि अन्त्यको संघारमा पुगेको छ । आफ्नो वैवाहिक सम्बन्ध राम्रो नरहेको मधु आफैले टिकटकमा लाइभ गर्दै बताएकी छिन् । उनले गर्भावस्थामा श्रीमानले शारिरीक यातना दिने गरेको बताएकी छिन् । उनले श्रीमानलाई सामाजिक सञ्जालमा गाली समेत गरेकी छिन् ।

मधुका अनुसार अष्ट्रेलिया पुगेर छोरी र उनी दुवैले जागीर गरिरहेका थिए । तर, अस्ट्रेलिया पुगेको केही समयपछि श्रीमानसँगको सम्बन्ध बिग्रीन थालेको उनले बताएकी छिन् । दुवैले एक–अर्काप्रति अरुसँग सम्बन्धमा रहेको शंका गर्न थालेका थिए ।

मधुले टिकटक लाइभमा आफुलाई र छोरीलाई ससुराले पटक–पटक दुर्व्यवहार गरेको बताएकी छिन् । ससुराले आफूहरूलाई ब्याड टच गर्ने गरेको भनेर सुनाउँदा श्रीमानको साथ नपाएको र उल्टै आफूलाई तथानाम गाली गरेको उनको गुनासो छ । श्रीमानसँग बस्नै नसक्ने अवस्थामा पुगेपछि करिब तीन महिनाअगाडि उनी छोरीलाई लिएर घर छाडेकी थिइन् । त्यसपछि एउटा रेस्क्यू सेन्टरमा आश्रय लिएर आमाछोरी बस्न थाले ।

रेस्क्यू सेन्टरमा बसेको केही समयपछि श्रीमानले आफुहरुलाई फेला पारेको उनले बताइन् । रेस्क्यू सेन्टरमा भेटेर श्रीमानले माफी मागेको उनले बताएकी छिन् । त्यसपछि सुरेशका बुवाआमालाई सँगै नराख्ने शर्तमा मधु घर फर्किन तयार भइन् । त्यसपछि सुरेशका आमाबुवा अष्ट्रेलियामा नै बस्ने अर्को छोरासँग बस्न थाले ।

त्यसपछि केहि समय सम्बन्ध राम्रै चलेको थियो । सोहि क्रममा मधु गर्भवती भइन् । बच्चा जन्माउन नचाहेको भए पनि श्रीमानको चाहनाका कारण एबोर्सन नगरेको उनले बताएकी छिन् । तर, गर्भवति भएपछि श्रीमानसँग फेरि सम्बन्ध बिग्रन थालेको उनले बताएकी छिन् । गर्भावस्थामा नै रहँदा श्रीमानले कुटपिटसमेत गरेको समेत उनले आरोप लगाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्