Logo

अस्मिता अधिकारी र गायक महेश काफ्लेले गरे इन्गेजमेन्ट

काठमाडौं– गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) मा पुगेर उनीहरुले औठी साँटेका हुन् ।

संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा अगाडि औँठी साँटेको फोटो राख्दै यी दुवैजनाले इन्गेजमेन्ट गरेको जानकारी दिएका छन् । गायिका अधिकारी र गायक काफ्लेले सँगै फेसबुक पोस्ट राख्दै आफूहरू दुईबाट एक भएको बताएका छन्।

गायिका अधिकारीले ‘दुई आत्मा, एउटै मुटु। सधैँभरी सँगै। हामी इन्गेज्ड भयौँ।’ भनेर लेखेकी छिन् । गायक काफ्लेले ‘सहयात्राको यो सुरुवात’ भन्दै तस्बिरहरू सेयर गरेका छन्।

लामो समयदेखि यी दुई प्रेम सम्बन्धमा रहेको चर्चा चल्दै आएको थियो । तर दुवैले यसलाई अस्वीकार गर्दै आएका थिए। उनीहरुले आफूहरू मिल्ने साथीमात्र भएको बताउँदै आएका थिए।

पछिल्लो समयको चर्चित गायिका अस्मिताका ‘तिम्रो मायाले बाँधेर राख’, ‘काले केटाले’, ‘टाढा भएपनि’, ‘मेसो मिलाएर’, ‘फूलैफूल दिन्छौ कि’, ‘को होला त्यो’ लगायतका गीतहरू चर्चित छन्।

उता गायक काफ्लेले गाएका ‘नाच फिरीरी’, ‘माया बिरानी’, ‘चाइना जापान’, ‘लजावती झार’, ‘तातो गोली’ लगायतका गीतहरू दर्शकमाझ लोकप्रिय छन्।

प्रतिक्रिया दिनुहोस्