Logo

एसइईमा सबै विषयको थ्यौरीमा अनिवार्य ३५ प्रतिशत ल्याउनुपर्ने, एबी प्लस र सिडी ग्रेड समेत समावेश

काठमाडौं– यस वर्ष माध्यमिक शिक्षा परिक्षा अर्थात् एसइईको नतिजा अरुबेला भन्दा फरक भएर आउने भएको छ । यस वर्ष एसइई परिक्षा दिएका विद्यार्थीहरुले सबै विषयमा थ्यौरि र प्राक्टिकलमा छुट्टाछुट्टै पास गरेको हुनुपर्ने छ ।

एसइईमा हरेक विषयमा थ्यौरी ७५ पूर्णाङ्क र प्राक्टिकल २५ पूर्णाङ्कको परिक्षा भएको थियो । एसइईमा पास हुन विद्याथीहरुले हरेक विषयको थ्यौरी र प्राक्टिकलमा छुट्टाछुट्टै पास हुनुपर्नेछ । थ्यौरीमा विद्यार्थीहरुले कम्तीमा ३५ प्रतिशत अर्थात २६.२५ अंक ल्याउनुपर्ने छ । प्राक्टिकलमा पूर्णाङ्कको ४० प्रतिशत अर्थात् १० अंक अनिवार्य ल्याउनुपर्ने छ ।

कुनै एउटा विषयमा ३५ प्रतिशत अंक प्राप्त गर्न नसकेमा विद्यार्थीहरुको नतिजा एनजि देखिनेछ । दुईवटा विषयसम्ममा एनजी आएमा विद्यार्थीहरुले ग्रेड वृद्धी परिक्षा दिन सक्ने राष्ट्रिय परिक्षा बोर्ड एनएबिले जनाएको छ । सबै विषयमा पास भएपछि मात्र कक्षा ११ मा पढ्न पाइने छ । ग्रेड वृद्धि परिक्षामा पास नभए अथवा एसइईमा दुई भन्दा बढी विषयमा एनजि आएमा अर्को वर्ष सबै विषयको परिक्षा विद्यार्थीहरुले दिनुपर्ने छ ।

यस वर्षको ग्रेडिङ सिस्टममा परिवर्तन भएर आउने छ । यसअघि लेटर ग्रेडिङ निर्देशिका अनुसारको ग्रेड निर्धारण तालिका अनुसार यस वर्षको एसइईको रिजल्टमा एबी प्लस र सिडी ग्रेड समेत समावेश भएका छन् ।

९० प्रतिशत भन्दा माथि अंक प्राप्त भएमा ४ जिपिए अर्थात ए प्लस पाउनेछन् । ८० देखि ९० प्रतिशतभन्दा कम अंक प्राप्त भएमा ३.६ जिपिए अर्थात् एबी प्लस पाउनेछन् । यसअघि एबि प्लस ग्रेडलाई ए ग्रेडभन्ने गरिन्थ्यो । ७० देखि ८० प्रतिशतभन्दा कम अंक प्राप्त भएमा ३.२ जिपिए अर्थात् बि प्लस, ६० देखि ७० प्रतिशतभन्दा कम अंक प्राप्त भएमा २.८ जिपिए अर्थात् बि ग्रेड प्राप्त गर्नेछन् ।

५० देखि ६० प्रतिशतभन्दा कम अंक प्राप्त भएमा २.४ जिपिए अर्थात् सि प्लस विद्यार्थीहरुले प्राप्त गनेएछन् । ४० देखि ५० प्रतिशतभन्दा कम अंक प्राप्त भएमा २.० जिपिए अर्थात् सिडी ग्रेड पाउनेछन् । यसअघि २ जिपिएसम्मलाई सि ग्रेड भन्ने गरिन्थ्यो ।

३५ देखि ४० प्रतिशतभन्दा कम अंक प्राप्त भएमा १.६ जिपिए अर्थात् डि र ३५ प्रतिशतभन्दा कम अंक प्राप्त भएमा एनजि पाउने छन् । एसइईको नतिजा असारको दोस्रो हप्तामा ल्याउने गरि तयारी भइरहेको समेत एनइबिले जानकारी दिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्