Logo

बाँकेमा हावाहुरीले गर्दा पर्खालले च्यापिएर मीना खातुनको मृत्यु

 

काठमाडौँ – बाँकेमा गएराति आएको हुरीबतासले पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कोहलपुर–१४, वीरगञ्जका मीना खातुन हुन् । बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार कोहलपुरको हवल्दारुरमा हुरीबतासले पर्खाल भत्किँदा खातुनलाई च्यापेको हो । उनले स्थानीय राम्रो इन्टरप्राइजेजलगायतमा काम गर्ने गरेको प्रहरीको भनाइ रहेको छ । विद्युत्‌को पोलमा क्षति पुर्‍याउँदा बाँकेका केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको हो ।

जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुरलगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिएका छन् । लामिछानेले राप्तीसोनारीको जंगलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत् आपूर्ति सहज गराउन समय लाग्ने बताएका छन् । उनका अनुसार कोहलपुरमा ९, डुडुवामा ९, खजुरामा ८ र राप्तीसोनारीमा ५ गरी ३१ विद्युतीय पोल ढलेको अवस्थामा रहेका छन् । अझै कहाँ–कहाँ कति ढलेका छन्, विस्तृत विवरण भन्ने आएको छैन’, उनलेथप जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्