Logo

खाडी मुलुकमा रहेका नेपालीको विषयमा गलत बोलेको भन्दै गायिका सञ्जु मोक्तानले मागिन् माफी

काठमाडौं– द भोइस अफ नेपाल सिजन–३ को प्रतियोगी तथा गायिका सञ्जु मोक्तान एल्लोवोक्र्स पोडकास्टमा पाँच दिन अघि पोटकास्ट भिडियो सार्वजनिक भयो ।

एक घण्टा २० मिनेट लामो भिडियोमध्येबाट एउटा क्लिप निकै नै भाइरल भयो । भाइरल भएको क्लिपका कारण धेरै गाली खाएपछि उनले माफी मागेकी छिन् ।

भाइरल भएको क्लिपमा गरेको गलत शब्द छनोटको कारण नेपाली समाज र विशेषगरि खाडी मुलुकमा रहेका नेपालीको भावनामा ठेस पुगेको महसुस भएको भन्दै उनले माफी मागेकी छिन् । आफ्नै छोरी चेली बेटि सम्झेर माफि गरिदिन उनले अनुरोध गरेकी छिन् ।

पोडकास्टमा धेरै विषयमा कुरा भइरहँदा सामाजिक सञ्जाल र टिकटकमा कत्तिको नकारात्मक कमेन्ट झेल्नुपर्छ भनेर प्रश्न आएको र त्यसको जवाफमा भएको शब्द छनौटका लागि उनले माफी मागेकी हुन् ।
सुन्नै नसक्ने र नकारात्मक कमेन्ट खाडी मुलुकबाट आउँछ भन्नुपर्नेमा दुई चार वटा शब्द छनोट गलत भएको उनले बताएकी छिन् ।

खाडी मुलुकमा बस्ने सबै व्यक्तिका लागि सो स्टेटमेन्ट नरहेको उनले बताएकी छिन् । उनले भनेकी छिन्, ‘मैले आफ्नो अनुभव बाँडेकी थिएँ । सबैजना नै उस्तै हुनुन्छ भन्न खोजेको होइन ।’ कमेन्ट गर्ने व्यक्तिहरुलाई मात्र भन्न खोज्दा सिंगो खाडी मुलुकमा बसिरहेका व्यक्तिलाई भनेको भन्ने भास्य सिर्जना भएको उनले बताएकी छिन् ।

विश्वभर फैलिएर रहेको नेपाली आफ्नोलागि समान रहेको र सबैलाई आफुले सम्मान गर्ने उनले बताएकी छिन् । देश त्यागेर परिवारलाई सुनौलो भविष्य दिन खाडी मुलुकमा बस्नेहरुको मेहेनतको बारेमा आफुलाई ज्ञात भएको उनले बताएकी छिन् । आफुबाट भुलुचुक भएको र यसलाई सुधार गर्दै लैजाने भन्दै सामाजिक सञ्जालमा माफी मागेको भिडियो पोस्ट गरेकी छिन् ।

उनले पोडकास्टमा टिकटकमा नकारात्मक कमेन्ट गर्नेहरु खाडी मुलुकबाट रहेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘कमेन्ट गर्नेहरु हामी जस्तोभन्दा पनि अलि पिछडीएको समुदाय र खाडी मुलुकका छन् । उनीहरु आफ्नो जीवनबाट फ्रस्टेट भएका छन् । मेरो कमेन्टमा प्राय खाडी मुलुकका आउँथे । जहिल्यै गाली खाइरहने हो । जति गाली खाएपनि मलाई केही छैन ।’

भाइरल क्लिपमा उनले भनेकी छिन्, ‘उनीहरु खाडी मुलुकमा हुन्छन् तलब पनि राम्रो पाउँदैनन् । किनभने दुबइ, कतार, मलेसियातिर कमाई पनि अष्ट्रेलिया युएस् जस्तो राम्रो हुँदैन । परिवारबाट टाढा हुन्छन् । त्यही फ्रस्टेसन निकाल्न उनीहरु हाम्रो टिकटकमा आउँछन् ।’ टिकटकमा महिलाहरुको चरित्रमा औँला उठाउँदै सुन्नै नसकिने कमेन्ट आउने गरेको उनले पोडकास्टमा बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्