Logo

बजेट पास भएपछि चितवन गएर नागरिकसँग अन्तरक्रिया गर्छु– गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरुपयोग नगरी बजेट विनियोजन गरेको दाबी गरेका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा गएका मन्त्रीहरूले पदको दुरुपयोग नगरि सन्तुलित बजेट विनियोजन गरेको बताएका हुन् ।

उनले बजेटमा आफूले सकेजति र नागरिकले भनेको आवश्यकताअनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताए । गृहमन्त्री लामिछानेले बजेट पास गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र चितवन गएर नागरिकहरूसँग अन्तरक्रिया गर्नेसमेत बताएका छन् ।

‘बजेट हामीले सके जति, गर्न सके जति, गर्न परेको आवश्यकताअनुसार विभिन्न ठाउँमा आएको प्राथमिकताअनुसार भएको छ । पदको दुरुपयोग गरिएको छैन । आवश्यकताअनुसार सकेको गरिएको छ । बजेट पास गरिसकेपछि उहाँहरुसँग चितवन नै गएर अन्तरक्रिया गर्नेछु,’ उनले भने । मन्त्री लामिछानेले बजेट निर्माणको प्रणालीमा नै समस्या रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्