Logo

फ्लोरिडाको नेपल्सस्थित एक परिवारले हाल्यो नासमाथि मुद्धा

 

काठमाडौँ – वासिङ्टन डिसी फ्लोरिडाको नेपल्सस्थित एक परिवारले नासामाथि मुद्दा हालेका छन् । आकाशबाट खसेको एउटा सानो टुक्राले घरको छतमा क्षति पुर्‍याएको भन्दै परिवारले ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा हालेका छन् । यही मार्च ८ गते घटेको घटना हो यो । त्यतिबेला ७०० ग्राम तौल भएको वस्तु अलेजांद्रो ओटेरोको घरमाथि खस्दा छतमा प्वाल परेको हो ।

त्यतिबेला ओटेरोका छोरा घरमै थिए र यस घटनामा कसैलाई पनि चोट नलागेको बताइएका छन् । घरमा खसेको वस्तु प्रयोग भएको ब्याट्रीको कार्गो प्लेटको हिस्सा भएको नासाले पुष्टि गरेका छन् । यसलाई सन् २०२१ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फोहोरको रूपमा छोडिएको थियो । प्रायजसो पृथ्वीको सतहमा प्रवेश गर्ने बित्तिकै यी वस्तुहरू जलेर नष्ट हुने गर्छन ।

 

प्रतिक्रिया दिनुहोस्