फ्रान्सका दुई साथी मिलेर बनाए २५ फिट अग्लो चलाउन मिल्ने साइकल

432
Shares

एजेन्सी– फ्रान्सका दुई जना साइकलप्रेमी साथीहरुले संसारकै सबैभन्दा अग्लो चलाउन मिल्ने साइकल बनाएर गिनिज बुकमा नाम लेखाएका छन् । फ्रान्सका निकोलास बारियोज र डेभिड पेरोउले ७ दशमलव ७७ मिटर अर्थात् २५ फिट ५ इन्च अग्लो चलाउन मिल्ने साइकल बनाएका छन् ।

५ वर्ष अघि पबमा रक्सी खाइरहेका समयमा दुईले सो साइकल बनाउने विचार गरेका थिए । सो साइकल बनाउन दुवैले महिनौँ खर्च गरे । धातुको अलोई, स्टिल, काठले चलाउन मिल्ने सो अनौठो साइकल बनाउन उनीहरू सयौँ घण्टा खर्च गरेका थिए ।

तर २५ फिट उचाइ भइको चढ्न मिल्ने साइकल बनाउनु उनीहरुलाई सजिलो भने थिएन । पेडललाई १६ मिटर अर्थात ५३ फिट लामो चेनसँग जोडिएको छ । साइकल अति नै अग्लो भएकोले यसलाई लड्न नदिन प्रतिघण्टा १५ देखि २० किमीको गतिमा दौडाउनु पर्छ ।

डेभिड र निकोलासले यो बाइक बनाउन २ वर्ष लगाएका थिए । यसलाई क्लेर्मन्ट–फेर्रान्ड सहरमा साइकल पर्वमा प्रदर्शनमा राखियो । साइकल चलाउन सकिन्छ भन्ने प्रमाणित गर्न डेभिडले निकोलसको सहयोग बिना सय मिटरको दुरीसम्म साइकल गुडाएर देखाएका थिए ।

संसारको सबैभन्दा अग्लो साइकल भन्दा १ फिट दुई इन्च अग्लो बनाएर उनीहरुले नयाँ रेकर्ड राखेका हुन् । यसअघि पोल्याण्डको एडम जेडानोविजले सबैभन्दा अग्लो चलाउन मिल्ने साइकल बनाएका थिए । उक्त साइकल ७.४१ मिटर अर्थात् २४ फिट ३.७३ इन्चको बनाएर उनले २१ डिसेम्बर २०२० मा गिनिज वल्र्ड रेकर्डमा नाम राखेका थिए ।