Logo

सडकमा हिँडिरहेका मानिसलाई हैरानी दिने ६ जना तेस्रोलिङ्गीहरू पक्राउ

 

काठमाडौँ -कैलालीको सडकमा हिँडिरहेका मानिसहरूलाई अनावश्यक हैरानी दिने ६ जना तेस्रोलिङ्गीलाई प्रहरीले पक्राउ गरेका छन् । धनगढी उप–महानगरपालिका–३ चटकपुर स्थित सडकबाट उनीहरूलाई वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेका हुन् ।

प्रहरी नायब उपरीक्षक कवीन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेहरूमा पर्सा बस्ने २५ वर्षीया उर्मिला तावा, कैलाली घर भएकी १९ वर्षीया रेनुसिंह ठकरी, कैलालीकै १८ वर्षीया पारु ठकुरी, कैलाली घर भएकी १९ वर्षीया अनु मगर, कञ्चनपुरकी १९ वर्षीया निशा खड्का र बझाङकी १८ वर्षीया निशा बोहरा रहेका छन् । बोहराका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ भने उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्