Logo

जङ्गली च्याउ खाँदा एकको मृत्यु, चारको अवस्था गम्भीर

हेटौँडा– पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–७ दगुबाङ गाउँमा जङ्गली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएको छ । एकै परिवारका अन्य चार जना गम्भीर बिरामी भएका छन् ।

वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर चेपाङका अनुसार च्याउ खाँदा स्थानीय ५५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको हो। मृतक दलबहादुरका श्रीमती जालीमाया, छोरी रेन्जु, सविना र छोरा सुशील बिरामी भएका छन् ।

उनीहरूलाई उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्