Logo

भक्तपुरमा सुनसहित धनमाल चोरी

 

काठमाडौँ – भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको हो । सो ठाउँमा डेरा गरी बस्ने सर्लाही लालबन्दी नगरपालिका-१५ घर भएकी प्रनिशा वाइबाको कोठामा चोरी भएको छ ।

कोठामा कोही नभएको अवस्थामा ढोका फोडेर नगद ५० हजार रुपैयाँ, मोबाइल र सुनको विभिन्न गरगहना गरी करिब ४ लाख ३७ हजार ५ सय रुपैयाँ चोरी भएको प्रहरीको भनाई रहेको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्