Logo

मुसलमानसँग विवाह गरेको भन्दै अभिनेत्री सोनाक्षी सिन्हालाई विहार प्रवेश गर्न नदिने चेतावनी

काठमाडौं– बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले हिन्दु भएर मुस्लिमसँग बिहे गरेको भन्दै धम्की झेल्नु परेको छ । उनलाई उनको गृह राज्य बिहारमा ‘प्रवेश निषेध’को धम्की दिइएको हो ।

बिहारको हिन्दु शिव भवानी सेनाले सोनाक्षीलाई बिहारको राजधानी पटनाको मुख्य चोकमा ठुलो पोस्टर लगाउँदै सोनाक्षी र उनको परिवारका लागि चेतावनी दिएको छ ।

पोस्टरमा सोनाक्षीका पिता शत्रुघन सिन्हा र पति जहीर इकबालको समेत फोटो छ । पोस्टरमा लेखिएको छ, ‘सोनाक्षी सिन्हा र जहीर इकबालको बिहे लभ जिहादलाई बढावा । पूरा देशलाई इस्लामीकरण गर्ने कोशिश ।’

पोस्टरमा सोनाक्षीका पितालाई उक्त विवाहबारे पुनर्विचार नगर्ने हो भने छोराहरुको नाम लभ, कुश र आफ्नो घरको नाम रामायणलार्य तुरुन्त परिवर्तन गर्न पनि चेतावनी दिइएको छ । उक्त नामले हिन्दु धर्मको अपमान भएको भन्दै उनीहरुले नाम नै परिवर्तन गर्न चेतावनी दिएका हुन् । पोस्टरमा भनिएको छ, ‘सोनाक्षी सिन्हालाई हिन्दु शिवभवानी सेनाले बिहारमा प्रवेश गर्न दिँदैन ।’

सोनाक्षीले प्रेमी जहीर इकबालसँग आइतबार मुम्बईमा विवाह गरेकी हुन्। हिन्दू धर्म मान्ने सोनाक्षी र मुस्लिम धर्म मान्ने जहीरले विशेष विवाह ऐनअन्तर्गत विवाह दर्ता गरेका हुन्। करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले पारिवारिक सल्लाहमा बिहे गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्