Logo

बरहथवा नगरपालिकालाई नमूना नगरपालिका बनाउने रक्षा मन्त्री उप्रेतीको प्रतिवद्धता

बरथहवा– रक्षामन्त्री हरिप्रसाद उप्रेती गृह जिल्ला पुगेका छन् । सर्लाहीको बरहथवा नगरपालिका नवौं नगर सभामा प्रमुख अतिथिको रुपमा सहभागि हुन उनी सोमबार गृह जिल्ला पुगेका हुन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पास गर्नका लागि बरहथवा नगरपालिकाको नगरसभा भइरहेको छ । सो नगरसभामा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री उप्रेतीले बरहथवा नगरपालिकालाई नमूना नगरपालिका बनाउने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा उनले संविधानले संघ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार तोकेको र यसको पालना गर्नुपर्ने बताए । कानुनको पालना गर्दै सबैले मिलेर आफ्नो क्षेत्रको विकास गर्नुपर्ने उनले बताए । उनले भने, ‘यो दल त्यो दल भन्दा पनि सबै राजनीतिक दलहरु मिलेर देश बनाउनपर्छ ।’

सोमबार नै रक्षामन्त्री उप्रेतीले सर्लाहीकै हरिवन नगरपालिकाको नगरसभामा समेत सहभागिता जनाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्