Logo

संसदमा तोसिमा कार्कीद्वारा सरकारी तथा निजी कार्यालयहरुमा स्तनपान कक्ष र शिशु स्याहार कक्ष माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले देशैभरको महिला कर्मचारीको मातृत्व सुनिश्चित गर्नका लागि सरकारी तथा निजी कार्यालयहरुमा स्तनपान कक्ष र शिशु स्याहार कक्ष माग गरेकी छिन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले लैङ्गीक समानताका विषयमा प्रश्नसमेत गरेकी छिन् । ‘हामी लैंगीक समानताका नारा लगाउँछौँ तर के हाम्रा कायस्थतहरु लैंगीक मैत्री छन् त? बराबर तलब, स्रोत साधनमा बराबर पहुँच, कार्यस्थलमा दुव्र्यवहार विभेद अन्त्य लगायतको कुरामा सुधार आवश्यक छ ।’

विशेष गरि गर्भवती र सुत्केरी महिला कर्मचारीको श्रम हकको विषयमा ध्यान दिनुपर्ने उनले बताइन् । ‘सिंहदरबारभित्र रहेको महिला तथा बालबालिका केन्द्र अन्तर्गतको शिशु स्याहार केन्द्रमा निजामती कर्मचारीका ७५ जना शिशुहरु राख्ने गरिएको छ । त्यहाँ एक आयाले धेरै बच्चाहरु हेर्नुपर्ने स्थिति छ । कर्मचारी थप्नुपर्ने, बच्चाहरुले खेल्नु बनाउनुपर्ने, देशकै नमुना शिशु स्याहार केन्द्र बनाउनुपर्नेमा झनै बजेट घटाइएको छ ।’ बच्चाहरुको लिटोमा बजेट काटिनुले महिला कर्मचारीहरु हतोत्साहित भएको उनले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्