Logo

झापामा मंगलबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु

 

 

झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मंगलबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका
डिएसपी कृष्ण चन्दले जानकारी दिएका छन् । उनका अनुसार कमल गाउँपालिका-२ समाइगढ बस्ने ४६ वर्षीय राजन खड्कालाई बिहान करिब ७ बजे चट्याङले लागेको थियो । घरबाट खेत जानेक्रममा चट्याङ लागेर घाइते भएका उनलाई आम्दा अस्पताल दमक पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

त्यस्तै बिहान पौने ९ बजे गौरीगंज गाउँपालिका-३ ठेकिटोलामा ४२ वर्षीय लिला भन्ने विकास गिरीलाई चट्याङले लागेको हो । वडा नम्बर ८ बस्ने उनलाई ठेकिटोलामा सिताराम दाहालको खेतबारीमा धानको बिउ उखार्ने क्रममा चट्याङले लागेको हो । उनको घटनास्थलमै मृत्यु भएको डिएसपी कृष्ण चन्दले बताएका छन् । दुबै घटनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्