Logo

टेलिभिजन कार्यक्रम ‘इट्स माइ सो’को एपिसोड विवादपछि जितु नेपालको टिप्पणी– ‘लोकसेवामा जवाफ नमिले, जागीर खान नपाईने, कार्यक्रममा जवाफ नमिले लुगा लाउन नपाईने’

काठमाडौं– कलाकार तथा मुन्द्रेको कमेडि क्लबका प्रस्तोता जितु नेपालले कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘इट्स माइ सो’ को पछिल्लो एपिसोडमा भइरहेको विवादका विषयमा टिप्पणी गरेका छन् । उनले राष्ट्रीय टेलीभीजनबाट आउने कार्यक्रममा लोकसेवा भन्दा पनी कडा भएको बताएका छन् । उनले लोकसेवामा जवाफ न मिले, जागीर खान नपाईने । कार्यक्रममा जबाफ नमिले लुगा लाउन नपाईने रछ भन्दै सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका हुन् ।

कार्यक्रममा पाश्चात्य शैली ल्याउन खोजेको भन्दै उनले कटाक्ष व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘अङ्ग्रेजी बोल्ने कार्यक्रमा गयो भने सबै भन्दा ठुलो सेलीब्रेटी हुइन्छ, बौदिक हुइन्छ बोल्ड हुइन्छ उधुम हिट हुइन्छ भनेर,उसैता अग्रेजी अनुसारको थोरै लुगा लाएर गएका गेष्टले कती लुगा खोल्नु कती लाउनु बरा । त्यामाथी कार्यक्रम एउटा,अतीथी एउटा, कुरा अर्काको त्यो पनि ब्यक्तीगत।’ अरूको बारेमा बोल्दा भोली अरूले पनि आफ्नो बारेमा बोल्न सक्छन् भन्ने कुराको हेक्का नराखेको उनले बताएका छन् । उनले भनेका छन्, यो कसैको दोष होइन कार्यक्रम सन्चालन गर्ने सञ्चालक ज्युको अग्रेजीको दोष हो अग्रेजीले सबै कुरा हेक्का भएनछ। जे गर्छ अङ्ग्रजीले गर्छ।

उनले आफुले कार्यक्रम प्रस्तुत गर्दा कार्यक्रममा आमन्त्रित अथितिलाई सहज बनाउने गरेको समेत बताएका छन् । आफुले मुन्द्रको कमेडी क्लब प्रस्तुत गर्दा कार्यक्रममा आएका पाहुनाहरूलाई हेप्नु, पेल्नु अप्ठारोमा पार्नु,अरूको टिका टिप्पडी गर्न लगाउनु र बिवादमा पारेर भाइरल बनाउने उदेश्य नराखेको उनले बताए । कार्यक्रममा दर्शकहरूको माझमा नेपाली साना ठुला हरेक क्षेत्रका सेलीब्रेटीहरूलाई प्रस्तुत गर्ने र दर्शकहरूलाई मनोरन्जन दिने उदेश्य राखेको उनले बताए ।

उनले लेखेका छन्, ‘मेरा क्लबका पात्रहरूले कहीले काँही हसी मजाकमा केही अतीथीहरूले अप्ठारो मान्दा मैले सुटङ हुँदाहुँदै र सकिएपछी के के काट्नु पर्छ भनेर सोध्ने गर्थेँ। धेरैलाई यसरी सोधेर धेरै दृष्य काट्ने गर्थे । एक दुई जना अतीथीका त सहयोगी सम्पादनमै समेत बसेर यो यो काटौँ समेत भन्नुभयो र काटीयो पनि। म मेरा सम्पुर्ण साथीहरूलाई भन्ने गर्थे बरू कार्यक्रमले न हसॅाओस, भीवर्स भनेजती न आवोस,तर हॅामी भनेर आएका अतीथीहरूले चित्त नदुखाउन र फेरी बोलाउदा न आउने बातावरण न बनोस् ।’

सोहि व्यवहारले मुल्द्रेको कमेडि क्लबको ३ सिजनको १८४ भागमा ४÷५ पटकसम्म एउटै अतीथी पनि आएको उनले बताए । तर नचाहिने विवादबिनाको कार्यक्रममा केहि व्यक्तिबाहेक कसैले पनि जस नदिएको उनले बताएका छन् । जसका कारण कार्यक्रमका बीचमा धेरै पीडा भोगेको र कार्यक्रम नै रोक्नुपर्ने स्थिति आएको उनले सुनाए । ‘बिचबिचमा धेरै पिडा भोग्नु पर्यो र कार्यक्रम नै रोक्न समेत पर्यो। एक पटक त सबै छोडेर बिदेश पलाएन हौंकी भन्ने सोच पनि आयो।कसैले पनि एसका राम्रा र सकारात्मक पक्ष लाई हेरेनन खाली बिदेशी कार्यक्रमको नक्कल गर्यो भनीमात्रै र हे, ठ्याक्कै त्यही जस्तो भने। छिमेकी देशमा करोडौ बजेटमा बनेको कार्यक्रम र जाबो १/२ लाखमा त्यो पनि बेलामा पैसा न पाई, न पाई ,रोइकराई मैले गरेको कार्यक्रम उस्तै हुनु,उस्तै लाग्नु र यसले नयॅा प्रतीभाहरू जन्माउनु करीब २०/२५ जनालाई रोजगारी दिनुलाई न कुनै मिडीया न कुनै पत्रकारहरूले लेखे न बोले न हौसला दिए।’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्