Logo

अफगानस्तानसँग सहज जीत निकाल्दै दक्षिण अफ्रिका फाइनलमा

काठमाडौं– सेमिफाइनलमा अफगानिस्तानसँग सहज जित निकाल्दै दक्षिण अफ्रिका आइसीसी टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

ट्रीनिडाडमा बुधबार सम्पन्न सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले विश्वकप उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तान ५६ रनमा अलआउट भएको थियो ।

अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजाइले सर्वाधिक १० रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो स्कोरमा रन जोड्न सकेनन् । पहिलो ओभरमा मार्को यान्सनले रहमनुल्लाह गुर्बाजको विकेट लिँदै दक्षिण अफ्रिकालाई उत्कृष्ट सुरुवात दिलाए । दक्षिण अफ्रिकाका लागि यान्सन र तबरेज साम्सीले ३–३ तथा कागीसो रबाडा र एन्रिक नोर्कियाले २–२ विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिकाले नवौं ओभरमा लक्ष्य पूरा गर्यो । दोस्रो ओभरमा क्विन्टन डी ककलाई गुमाएपनि रिजा हेन्डरिक्स र कप्तान एडन मारक्रमले टोलीलाई जित्सम्म पुर्याए । हेन्डरिक्सले २९ तथा मारक्रमले २३ रनको इनिङ खेले ।

आज राती हुने दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डले खेल्नेछन् । खेल नेपाली समयअनुसार रातको ८ः१५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्