Logo

मस्कोमा यात्रुवाहक रेलका नौ वटा डिब्बा लिकबाट खस्दा ७० जनाभन्दा बढी घाइते

 

मस्को रुसमा एउटा यात्रुवाहक रेलका नौ वटा डिब्बा लिकबाट खस्दा ७० जनाभन्दा बढी घाइते भएका हुन् । रुसका स्थानीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये सात जनाको अवस्था चिन्ताजनक रहेको छ ।

यस घटनामा हालसम्म कसैको मृत्यु भएको पुष्टि भएको छैन । यात्रुवाहक रेल उत्तर–पूर्वी कोमीको भोर्कुटाबाट नोभोरोस्सिएस्कको ब्ल्याक सी बन्दरगाहतर्फ जाँदै गरेको थियो । दुई स्थानबिचको दूरी पाँच हजार किलोमिटर थियो । दुर्घटनामा परेको ट्रेनको नाम ट्रेन ५११ हो । भर्खरैको भारी बर्षाको कारण उक्त सडक अवरुद्ध भएको हुन सक्ने बताइएको छ । रिपोर्टकाअनुसार १४ डब्बा भएको सो रेलमा २३२ जना यात्री सवार रहेको रेलवे अपरेटरले बताएको छन ।

प्रभावित सडकमा यातायात अवरुद्ध

रेल अधिकारीका अनुसार दुर्घटना स्थानीय समयअनुसार साँझ ६ः१२ बजे इन्टा सहर नजिक भएको हो । टेलिग्राममा जारी विज्ञप्तिअनुसार आपत्कालीन सेवाका अधिकारी र राहत टोली घटनास्थलमा पठाइएका छौँ । घाइते यात्रुहरूलाई सहयोग गर्ने उपायहरू भइरहेका छन् । उक्त खण्डमा सवारी आवागमन रोक्का गरिएको छ । पीडितहरूको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । भौगोलिक रूपमा उत्तर–पूर्वी कोमी आर्कटिक सर्कलभन्दा माथि रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्