Logo

आफ्नै भाउजू रीतादेवी यादवको हत्यामा रामजतन यादव पक्राउ

 

 

काठमाडौँ – आफ्नै भाउजू ५० वर्षीय रीतादेवी यादवको हत्या गरेकोअभियोगमा औरही नगरपालिका– ४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई प्रहरीले पक्राउ गरेका छन् ।

घरायसी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्