Logo

जर्मनीले ल्यायो नयाँ नियेम : पाँच वर्षमै नागरिकता

 

 

काठमाडौं – जर्मनीको सरकारले नयाँ नागरिकता नियम ल्याएको छ । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार बिहीबारबाट लागु भएको नयाँ नियम अनुसार जर्मनीको अंगीकृत नागरिकता लिने विदेशीले आफ्नो देशको नागरिकता त्याग्न पर्दैन । यस्तै यस अगाडि जर्मनीको नागरिकता लिनलाई आठ वर्ष बसेको हुनुपर्नेमा अब त्यो पाँच वर्षमा झरेको छ ।

जर्मन भाषा बोल्न सक्ने, विषयगत दक्षता हुनेहरूले तीन वर्षमै जर्मनीको नागरिकताको प्रक्रिया बढाउन पाउने पनि नयाँ नियममा अटाइएको डिडब्लूले उल्लेख गरेका छन् । आमाबाबुमा एक जना जर्मनीमा पाँच वर्ष बसेको वा स्थायी बसोबासको प्रमाणपत्र भएमा उनका सन्तान जर्मनीको नागरिक हुन पाउने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्