Logo

अम्बानीको छोराको बिहे कार्ड देशभरि चर्चा,चाँदी र सुनका मुर्तिहरुले भरिपुर्ण

 

काठमाडौँ – भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टबीच हुने बिहेको निमन्त्रण कार्डको चर्चा देश विदेशमा भइरहेका छन् । यो बिहेको निमन्त्रणा कार्ड विशेष छ, त्यसैले यसको चर्चा देश भरि भइराखेको हो ।

निमन्त्रणा कार्ड चाँदीको बक्समा राखिएको छ भने कार्डमा चाँदीले मन्दिर बनाइएको छ । कार्डमा भएका मुर्तिहरु सुनले बनाएको छ। कार्डको बक्स खोल्दा हिन्दीमा भवन बज्न सुरु हुन्छ भने बिहेका अलग अलग कार्यक्रमबारे जानकारी पनि गराएको छ । यो कार्डमा सुन र चाँदी भएकाले यो कार्ड महँगो हुने अनुमान गरिएको छ । यो कार्डको मूल्य सार्वजनिक नगरिए पनि लाखौँमा हुन सक्ने भारतीय सञ्चारमाध्यमहरूले जानकारी गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्