Logo

बलिउड अभिनेता राजपाल यादव चेक बाउन्स मामिलामा फसे

 

 

काठमाडौँ – बलिउड अभिनेता राजपाल यादव चेक बाउन्स मामिलामा फसेका हुन् । अभिनेता यादवलाई २९ मेमा दिल्लीको कडकडडूमा अदालतले २९ जुनभित्र १४ करोड भारु जम्मा गर्न आदेश दिएआ थिए । यो आदेश पालना नभएमा राजपाल जेल जान सक्नेछन् । राजपालले यस विषयमा अहिले कुनै प्रतिक्रिया भने दिएका छैनन् ।

राजपालले सन् २०१० मा ‘आता पता लपता’ फिल्म बनाउन आफूसँग ५ करोड भारु ब्याजमा लगेको मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडका निर्देशक उद्योगी माधौगोपाल अग्रवालले जनाएका थिए । ब्याजसहित सो कर्जा १० करोड भारु पुगिसकेपछि उनले अभिनेतासँग आफ्नो पैसा फिर्ता मागेका हुन् । बारम्बार पैसा मागेपछि राजपालले पनि उनलाई ५ करोड भारुको चेक दिएका थिए । तर यो चेक बाउन्स भएपछि कम्पनीले उनी विरुद्ध मुद्दा दायर गर्‍यो । यस मामिलामा राजपाल जेल पनि गएका थिए । मे २९ मा दिल्लीको कडकडडुमा अदालतले राजपाललाई ३० दिनभित्र करिब १४ करोड रुपैयाँ बुझाउन आदेश दिएको छ ।

रकम नतिरे राजपाललाई तीन महिना जेल चलान गर्न अदालतले आदेश दिएको हो । अहिलेसम्म आफूले पैसा न पाएको माधौगोपालले बताएका छन् । राजपालले माधौगोपाललाई सिधै पैसा दिन सक्छन् वा अदालतमा डिमान्ड ड्राफ्ट पेस गर्ने विकल्प पनि उनी सामु छ । यस विषयमा यादवसँग सोध्दा उनले समय आएपछि जवाफ दिने जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्