Logo

रुसी व्यापारिले बनाए गर्लफ्रेन्डका लागि पैसाकै कार्पेट

काठमाडौं– संसारमा मानिसहरु चर्चामा आउन विभिन्न हर्कत गरिरहेका हुन्छन् । कुनैकुनै मानिसहरुले गरेको कामले संसारलाई नै चकित तुल्याउँछ । यस्तै चकित तुल्याउने काम रुसी एक व्यापारिले गरेका छन् । जुन भिडियो यतिबेला निकै भाइरल भइरहेको छ ।

चर्चित रुसी व्यापारी सर्गेइ कोसेन्कोले केही समयअघि एउटा भिडियो सेयर गरेका थिए । इन्स्टाग्राममा @mr.thank.you नामबाट उनले आफ्नी गर्लफ्रेन्डसँग सेयर गरेको एउटा भिडियोले निकै चर्चा कमाइरहेको छ । जसमा उनले आफ्नी प्रेमिकाको अगाडी पैसाको कार्पेट नै विच्छाइदिएका छन् ।

भिडियोको सुरुमै देखिन्छ कि सर्गेइ कोसेन्कोले आफ्नी गर्लफ्रेन्डको हात पक्रिएर एउटा निजी रातो हेलिकप्टरबाट ओर्लिरहेका छन् । हेलिकप्टरबाट झर्ने सिंढीदेखि बाटोमा टाढासम्मै नोटको गड्डीको कार्पेटले बिछ्याइरहेको देखिन्छ।
त्यसपछि उनी प्रेमिकालाई हात समाएर ती नोटमा हिडाउँछन् । भिडियामो सर्गेइले सेतो शर्ट र बैजनी रंगको ट्राउजर लगाएका छन् भने उनकी प्रेमिकाले कालो स्कर्ट र ब्लेजर लगाएकी छिन् । सो भिडियोको क्याप्सनमा उनले लेखेका छन्, ‘थाहा छ यो रमाइलो कुरा हो कि मलाई पैसाभन्दा धेरै प्रेम तिमीसँग छ ।’

उक्त भिडियोको कमेन्टमा ती बिछ्याइएका नोटहरु सक्कली हुन् की नक्कली भनेर मानिसहरुले सोधेका छन् । कतिले पैसाको सम्मान गर भन्दै पैसामा हिँडेको विरोधसमेत गरेका छन् । यद्यपि त्यहाँ देखाइएका नोटहरू सक्कली हुन् कि नक्कली भन्ने बारेमा भने पुष्टि हुन सकेको छैन । सर्गेइले इन्स्टाग्राममा आफ्ना फलोअर्सलाइै पैसा र उपहार बाँडेको भिडियो पनि सार्वजनिक गर्ने गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्