Logo

बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले वचतकर्ताहरुको वचत ठगी गरेको आरोपमा लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई पक्राउ गरेको हो । आइतबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई कार्यलयले सार्वजनिक गरेको छ ।

ललितपुरको पुल्चोकमा लालीगुराँस सहकारी संस्था खोली सर्वसाधरणलाई आकर्षक ब्याज दिने आशा देखाई वचतकर्ताको निक्षेप अपचलन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले बताए । उनका अनुसार पक्राउ पर्नेहरुमा लाली गुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ,सहकारीका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी,सहकारीका कोषाध्यक्ष अमृतकुमार अर्याल र सहकारीका सञ्चालक सदस्य कदमबाबा जोशी प्रधान छन् ।

लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित पदाधिकारीमा माथि गत चैत ९ गते जिल्ला पहरी परिसरमा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो , .संस्थाका सञ्चालक र लेखासमिति विरुद्ध ३ करोड रकम ठगी गरेको जाहेरी परेको छ ।
उनीहरुले सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रकम अपचलन गरेको हुनसक्ने कार्यालय प्रमुख भट्टराईले बताएका छन् । सहकारीको सञ्चालक समिति र लेखा समितिका ९ जनालाई पक्राउ गर्न ललितपुर अदालतले अनुमति दिएपछि अहिले चार जनालाई बिभिन्न स्थानबाट पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेकामध्ये अध्यक्ष श्रेष्ठले ३१ वर्ष नेपाल बैंक लिमिटेडमा काम गरेका थिए । ६१ सालमा लालीगुराँस सहकारीमा सचिवको रुपमा काम गरेका श्रेष्ठ ६४ सालमा उपाध्यक्ष भएका थिए । ७४ साल देखि उनी उक्त सहकारीको अध्यक्ष रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्