Logo

राजेश पायल राईको फेरि अर्को हंगामाः कन्सर्टमा महिला फ्यानसँग कामुक नृत्य

काठमाडौं– केहिदिनअघि अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएका गायक गायक राजेश पायल राई यतिबेला दुबई छन् । दुबई पुगेर सांगितिक प्रस्तुती दिइरहेका उनले फेरि अर्को हंगामा मच्चाएका छन् । दुबईको एक कन्सर्टमा उनले महिला दर्शकसँग कामुन नृत्य प्रदर्शन गरेका छन् ।

गायक राईले शनिवार मध्यरात दुबईस्थित याक एन्ड यति एभरेस्ट क्लबमा धमाकेदार प्रस्तुति दिए । उनका अन्य कन्सर्टजस्तै दुबईको कन्सर्ट पनि ‘लाइभली’ थियो । राजेशपायल स्टेजमा आफू पनि झुमे र दर्शकलाई पनि झुमाए ।

‘मैले मायाले दिएको चिनो‘’ बोलको गीत गाउँदै राजेश पायलले स्टेजमा इन्ट्री गरेका थिए । पहिल्यैदेखि हुटिङ गरिरहेका दर्शक उनको इन्ट्रीपछि झनै क्रेजी भए । स्टेजमा आएर राजेश पायलले भने, ‘कस्तो हट हट केटीहरू रहेछन् यार ।’ खचाखच दर्शकबीच राजेशपायलले डेढ घण्टाभन्दा बढी समय लिएर आफ्ना करिब ३० वटा गीतहरू सुनाएका थिए ।

आफ्नो प्रस्तुतिलाई बिट मार्न लाग्दा दर्शकबाट डिमान्ड भएपछि आफ्नो सर्वाधिक लोकप्रिय ‘सागर सरी चोखो माया’ गाए । तर यो गीत गाउन आफूलाई कसैले साथ दिनुपर्ने बताए । ‘कोही केटी साथी आउने हो गीत गाउन?’ राजेश पायलले माइकबाट आग्रह गरे ।

त्यसपछि एक युवतीलाई औंल्याउँदै भने, ‘तपाई आउनुस्‘ आउनुस्‘ माइक ल्याइदिनुस् उहाँलाई ।’ उनले ठट्टा पनि गरे, ‘यति ह्यान्डसम छु बिहे गर्‍या छैन । तर, मलाई आइ लभ यु चैं नभन्नु होला । भर्खर डिभोर्स भएको‘ एक वर्षपछि आइ लभ यु भन्नुहोला ।’

यद्यपि, ती युवती आउन चाहिनन् । उनले दर्शकहरुलाई सम्बोधन गर्न थाले । उनले भने, ‘म तपाईँहरूकै हुँ । म जहाँ जान्छु, त्यहाँ नेपाली गीतसंगीत गएको छ । तपाईंहरुबिनाको राजेशपायल राई म कल्पना गर्न सक्दिनँ ।

त्यसपछि राजेश पायलले एक्लै उक्त गीत गाउन थाले । गाउने क्रममा फेरि दर्शकहरू उनीतिर हात लम्काउन थाले । यही क्रममा राजेश पायलले एक युवतीको च्याप्पै हात समाते र उनलाई स्टेजमा उकाले ।

त्यसपछि राजेश पायलले ‘सागर सरी चोखो माया‘’ गीतलाई निरन्तरता दिँदै युवतीसँग कामूक नृत्य गर्न थाले । युवती पनि आफ्नो प्रिय गायकसँग चिप्किएर नाच्न थालिन् । उनीहरु दुबै एक अर्कामा हराएर गीत गाउँदै नाचिरहेका थिए ।

एकछिनको त्यो कामुक नृत्यपछि बाउन्सरले युवतिलाई स्टेजबाट जान भने । युवती गीत गाउँदै स्टेजबाट ओर्लिइन् । र गीत सक्किएसँगै राजेश पायलले आफ्नो प्रस्तुति टुंग्याए ।

 

प्रतिक्रिया दिनुहोस्