हलबाट हटिसकेपछि ‘दान्भी’को शीर्ष गीत सार्वजनिक

936
Shares

काठमाडौं– अभिनेत्री पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘दान्भी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। हलबाट फिल्म हटेपछि यो गीतलाई बुढासुब्बा डिजिटलको युट्युबमा सार्वजनिक गरिएको हो।

गीतमा गायक राजेश पायल राई र समीक्षा दाहालको स्वर छ। नरेश जोगीको शब्द एवं संगीत रहेको गीतलाई गणेश चौधरीले एरेन्ज गरेका हुन्।

कथा खुल्ने भएकाले यो गीतलाई फिल्म रिलिजपछि मात्रै सार्वजनिक गरिएको जनाइएको छ।

रूपेश तामाङको निर्देशन रहेको ‘दान्भी’ असार ७ गतेदेखि प्रदर्शनमा आएको थियो। फिल्मले सन्तोषजनक शो पाएपनि कमजोर व्यापारपछि मल्टिप्लेक्स चेनहरूले केही दिनमै फिल्म हटाएका हुन्। यो फिल्ममा पूजाले पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी छन्।