Logo

अभिनेता शत्रुघ्न सिन्हा अस्पतालमा भर्ना

 

 

काठमाडौँ – बलिउडका दिग्गज अभिनेता शत्रुघ्न सिन्हा अस्पतालमा भर्ना भएका छन् । बिहे भएको ६ दिनपछि अभिनेताकी छोरी सोनाक्षी सिन्हा र ज्वाईं जहीर इकबालको गाडी अस्पताल बाहिर देखिएको थियो ।

नवविवाहित जोडीलाई अस्पतालमा देखेपछि अनकौं अड्कल बाजी पनि चलेका थिए । तर अहिले यसबारे जानकारी आएको छ । सोनाक्षीका पिता शत्रुघ्न सिन्हालाई चोट लागेकोले अस्पतालमा भर्ना गरिएको हो ।

‘पितालाई केही दिन अघि भाइरल ज्वरो आएको थियो र उनी कमजोर पनि भएका थिए त्यसैले हामीले उनलाई अस्पतालमा भर्ना गरायौँ ।अभिनेताका छोरा लवले बताएको भन्दै इन्डियन एक्सप्रेसले समाचार छापेको हो । टाइम्स नाउले भने अभिनेता घरको डाइनिङ हलमा चिप्लिएर लडेको र उनलाई चोट लागेकोले अस्पताल लगिएको बताएका छन् ।

एकदिन घरमै उपचार गरिएको भए पनि दुखाई कम नभएपछि उनलाई अर्को दिन बिहान कोकिलाबेन अस्पताल लगिएको र डाक्टरहरूले उनलाई भर्ना गर्न सल्लाह दिएको बताइएका छन् । उनलाई सोमबार साँझसम्म अस्पतालबाट डिस्चार्ज गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्