२५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारी भइरहेको छ- गृहमन्त्री रवि लामिछाने 

936
Shares

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका छन्।

सोमबार प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नका जवाफ दिँदै लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका हुन्।

उनले भने, ‘कुनै पनि कालखण्डमा भएका २५ वटा काण्डहरुलाई छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको मैले जानकारी गराइसकेको छु।’