Logo

‘बरु म प्रहरी राखेर अन्तर्वार्ता गर्छु, गुन्डागर्दी सहिन्न’– शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले दलीय राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने बताएकी हुन्।

शिक्षक वा प्राध्यापकले तालाबन्दी गरे कारबाही गर्ने कानुन बनाउने समेत उनले बताएकी छिन् । ६ पटकसम्म उत्तर पुस्तिका हराएको भए पनि अहिलेसम्म कसैलाई कारबाही नगरेको पाइएको उनले सुनाइन् । ‘नयाँ टिमले अध्ययन गरेर प्रतिवेदन तयार पारेपछि दलका भ्रातृ संगठनहरूले आफूहरूले भने जस्तो कारबाही नभए तालाबन्दी गर्छौं भनेका छन् । यस्तो पनि हुन्छ? यो त अराजकता हो,’ मन्त्री श्रेष्ठले भनिन्, ‘यसलाई रोक्ने हो जसले हराएको छ, उसलाई कारबाही हुनुपर्छ ।’

त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले नयाँ विज्ञापन खोल्दा एउटा समूह तालाबन्दी गरेको भन्दै उनले भनिन्, ‘यसमा सबैले मम गर्नुपर्ला, त्यो भ्रातृ संगठन क–कसको हो भनेर’
दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदासम्म यो अवस्था रहने भन्दै उनले भनिन्, ‘बरु म प्रहरी राखेर अन्तर्वार्ता गर्छु, गुन्डागर्दी सहिन्न । दलीय राजनीतिकरण हटाएरै छोड्ने हो ।’

 

प्रतिक्रिया दिनुहोस्