Logo

एमाले अध्यक्ष ओलीले सबै मन्त्रीलाई बोलाए बालकोट

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी पार्टीका सबै मन्त्रीलाई छलफलका लागि बोलाएका छन्। सोमबार साँझ साढे ६ बजे बालकोटस्थित आफ्नो निवासमा उनले मन्त्रीहरूलाई छलफलका लागि बोलाएका हुन्।

पछिल्लो समय प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच द्विपक्षीय भेटवार्ता बाक्लिएका वेला एमाले अध्यक्षले मन्त्रीहरूलाई सामूहिक रूपमा भेटका लागि बोलाउनुलाई सत्ताराजनीतिमा चासोका साथ हेरिएको छ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच त्रिकोणात्मक भेटवार्ता चलिरहेका छन्। जसले सत्तापरिवर्तनको सम्भावनाबारे पनि अड्कलबाजी सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच आजै पनि भेटवार्ता भएको छ। ओली र देउवाको पछिल्लो भेटपछि भने राजनीतिक वृत्त तरंगित बनेको छ। यसैबिच ओलीले एमालेका मन्त्रीहरुलाई छलफलका लागि बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्