Logo

नयाँ सत्ता समिकरणप्रति बालेनको व्यङ्ग्य: यो समय गिरिबन्धु चियाको हो

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार चलाउने सहमति भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले व्यंग्य गरेका छन् ।

बालेनले मंगलबार बिहान सामाजिक सञ्जालमा फेसबुकमा दुई दलका शीर्ष नेता केपि शर्मा ओली र शेरबहादुर देउवाको तस्बीर राख्दै लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’

नेकपा एमाले र नेपाली कांग्रेसबीच गएराति नयाँ सरकार सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति भएको छ । सहमति अनुसार पहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् ।
महानगर प्रमुख बालेनले पछिल्लो समय गिरीबन्धु टी स्टेटबारे छानबिन हुनुपर्ने माग राख्दै आएका छन् । यसैबिच बन्न लागेको नयाँ सरकारप्रति उनले व्यङ्ग्य गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्