Logo

बुद्ध एयरले विवाहित जोडीलाई उपहारमा हवाइ टिकट दिने

काठमाडौं– बुद्ध एयरले विवाहित जोडीलाई उपहार स्वरूप हवाइ टिकट दिने भएको छ । पोखराको दुईतर्फी हवाइ टिकट विवाहित जोडीलाई दिने भएको हो ।

यसका लागि बेहुला–बेहुलीले बुद्ध एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्विटरमा तस्बिर ट्याग वा सेयर गरेको हुनुपर्नेछ।

यसरी सेयर गरिएकोबाट ४ जना जोडीलाई बुद्धले पोखराको दुईतर्फी टिकट उपहार स्वरूप दिने जनाएको छ।

बुद्धले विभिन्न चाडपर्व तथा विशेष दिनमा यसरी यात्रुहरूलाई उपहार दिने गरेको छ।

प्रतिक्रिया दिनुहोस्