Logo

शेरबहादुरले बूढानीलकण्ठमा बोलाए विपक्षी दलको बैठक

काठमाडौं– नेपाली कांग्रेसले विपक्षी दलको बैठक बोलाएको छ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको सहमहामन्त्री भीष्म आङ्देम्बे बताए।

उनका अनुसार बैठक ५/६ बजेतिर बस्नेछ।

कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमतिपछि देउवाले संसदमा रहेका विपक्षी दलसँग छलफल गर्न लागेका हुन्। सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्